वायुसेवा सञ्चालक संघका अध्यक्ष थापालाई १० हजार जरिवाना

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार प्राधिकरणले हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै…