बर्दिया । बर्दियाको मधुवन नगरपालिका-३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ। शुक्रबार अपराह्न ४ बजेतिर सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा ५२ वर्षीया काली वंशीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट आरक्ष…