भरतपुर । स्वास्थ्य बीमाको कारण भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । यस अस्पतालकाे बहिरंग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल २ हजारदेखि २ हजार २०० जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन् । अस्पतालमा चितवनबाहेक गोरखा,…