सदनमा पुग्यो ६ बर्षीया बालिका मृत्यु प्रकरण

काठमाडौं । सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पताल पुगेकी बालिकाको उपचार नपाई मृत्यु भएको विषयमा र कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार बसेकाके प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले दुवै घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदै सरकारको जवाफ मागेपछि सभामुख घिमिरेले सदनलाई जानकारी गराउन सरकालाई रुलिङ गरेका हुन् ।…