स्याङ्जा । स्याङ्जाको वालिङस्थित गह्रौँ अस्पतालमा रक्तसञ्चार एकाइ केन्द्र स्थापना गरिएको छ । ६२औँ नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा वालिङमा रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो । जिल्लाको मध्य भागमा रहेको उक्त अस्पतालमा बिरामीको चापसँगै रगत अभावका कारण पोखरा जानुपर्ने अवस्था सिर्जना भएपछि रक्त सञ्चार एकाइ स्थापना गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।…