पोखराको बालसुधार गृहमा झडप, ३ जना घाइते

पोखरा । पोखराको बालसुधार गृहमा सोमबार राति झडप भएको छ । पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा भएको झडपमा तीन जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ । झडपका क्रममा २ जनाको टाउकोमा चोट लागेको छ भने एक जना सामान्य घाइते छन् । ‘हिजो राति १० बजेतिर खाना खाने लाइन लाग्ने क्रममा विवाद भएको…