ललिता निवास प्रकरण : पूर्व मन्त्रीहरूलाई सफाइ, कर्मचारीलाई सजाय

काठमाडौं । विशेष अदालतले बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा आरोपित पूर्व मन्त्रीहरू विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ। विशेष अदालत प्रवक्ता धनबहादुर कार्कीले दुई जना पूर्वसचिव र केही कर्मचारीसहित जग्गा बिक्रीमा संलग्न केही व्यक्तिहरूलाई दुई वर्षसम्म कैद र जरिवानाको फैसला भएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि दायर…