काठमाडौंबाट २ करोड नगदसहित ३ जना पक्राउ

काठमाडाैं । हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन्। अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोड लगायतका क्षेत्रबाट राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवालको समूहले हुण्डी र क्रिप्टो करेन्सीको कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।…