काठमाडौँ । काठमाडौँ महानगरपालिकाले देशका ३५ दुर्गम स्थानीय तहका स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गरेको छ । पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ती पालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका प्रतिनिधिलाई एम्बुलेन्स हस्तान्तरण गरियो । मेयर बालेन साहले केही दिनअघि एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको…