कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ भैरव स्थान सामुदायिक वनमा बुधवार दुई जना मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा चामुण्डा बिन्दासैनी नगरपालिका-३ दैलेख निवासी १९ वर्षीया सुनिता भण्डारी र ठाटिकाँध गाउँपालिका-२ दैलेख निवासी १७ वर्षीय सुरेन्द्र थापा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत श्यामप्रकाश यादवले जानकारी दिए । दाउरा काट्न गएका स्थानीयले…