ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना गरेका छन् । त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गरेका थिए । साथै राष्ट्रपति पौडेलले मंगहिटीको अवलोकन गरेका थिए । राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित संघीय संसद्का सदस्य, बागमती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुरका प्रमुख…