मकवानपुर । कान्तिलोकपथ सडकखण्डको खतरनाक घुम्तीमा भएको ट्रक दुर्घटनामा एक युवाको ज्यान गएको छ भने ट्रक चालक गम्भीर घाइते भएका छन्।दुर्घटना बिहान गएराति साढे दुई बजे भएको हो। हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएपछि करिब १५० मिटर तल खोल्सामा खसेको थियो। जिल्ला प्रहरी कार्यालय…