काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न युवापुस्ताको जेन जेड आन्दोलनमा अनेकौं युवाले ज्यान गुमाउनुपरेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै यस वर्ष आफूले टिका-जमरा नलगाउने र नागरिकलाई समेत टिका लगाउने कुनै औपचारिक कार्यक्रम नरहेको जनाएकी छिन् । बडादसैं २०८२ को अवसरमा प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत जारी सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी…