काँग्रेसले दायर गरेको रिट सर्वोच्चमा दर्ता, पुस २ गते पेशी

काठमाडौँ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेपाली काँग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो । उक्त रिटको पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले शुक्रबार सर्वोच्चमा रिट पेस गरेको थियो…