‘जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छ’- उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव-वन्यजन्तु द्वन्द्व, बास स्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘अन्तर्राष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले मानव–वन्यजन्तु द्वन्द्व, बास स्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौतीका रूपमा रहेकाले ती चुनौतीको सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे । “बाघ संरक्षणबाट पर्या–पर्यटनको विकासमा…