काठमाडौ — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। शनिबार राति बालुवाटारमा कर्णालीका केन्द्रीय सदस्यहरूसँगको छलफलमा ओलीले पार्टीभित्रको तनाव र भण्डारीको सक्रिय राजनीतिमा फर्कने प्रयासबारे कडा अडान राखेका हुन्। छलफलमा २७ मध्ये २२ केन्द्रीय सदस्य सहभागी थिए। ओलीले झापा विद्रोहको सन्दर्भबाट कुरा सुरु गर्दै…