महान्यायाधिवक्ता बडालले दिए राजीनामा

काठमाडौँ- महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएकाे महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले जानकारी दिए । उनका अनुसार बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । ‘उहाँ (महान्यायाधिवक्ता)ले भदौ २४ गते पदबाट राजीनामा दिनुभएको…