भूमि विधेयकलाई छलफलका लागि संसदीय समितिमा पठाइने

काठमाडौँ- भूमिसम्बन्धी विधेयक अन्ततः छलफलका लागि समितिमा पठाइने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाको आजको बैठकबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिमा पठाउने प्रस्ताव पेस गर्न लागेका हुन्। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दलहरूबीचको सहमतिमै विधेयक समितिमा पठाउन लागिएको बताए। यसअघि एमालेले प्रतिनिधि सभाको पूर्ण बैठकबाटै…