काठमाडौ, २५ भदौ । सर्वोच्च अदालतमा भएको आगजनीले २५ हजारभन्दा बढी मुद्दाका मिसिलहरू जलेर नष्ट भएका छन् । त्यसले गर्दा, अब मुद्दाको सुनवाइदेखि फैसलासम्म प्रभाव पर्ने भएको छ । अदालतको एनेक्स भवनको भुईंतलामा रहेको अभिलेख शाखादेखि कानुन पत्रिकाको प्रकाशन विभागमा पनि आगजनी भएको छ । सर्वोच्च मात्रै होइन, हेटौँडास्थित डाटा सेन्टरमा समेत तोडफोड भएको छ…