निषाद जातिको रिटमा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै मनासिव आधार, कारण र सवुद प्रमाणसहित सूचना प्राप्त मितिले १५ दिनभित्र लिखित जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न माग गरेको हो…