काठमाडौँ । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले बिहीवार सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि खुला प्रतिस्पर्धाबाट भर्ना गरिनेछ। इच्छुक उम्मेदवारले…