जलेश्वर (महोत्तरी) । महोत्तरीको बलवा नगरपालिका-११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार बलवाा-११ मा ट्रकले ठक्कर दिँदा स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरको मृत्यु भएको हो । लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३…