काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने संसदीय समितिमा सहमति भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको दफाबार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति भएको हो । प्रतिनिधि सभाबाट पारित विधेयकको प्रतिवेदनले भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव…