काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् । थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भने, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ ।’ उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने बताउँदै भनेका छन्, ‘बाले भन्नु हुन्थ्यो,…