इरानको मिसाइल हमलापछि कतारमा ४ लाख नेपाली त्रासमा

काठमाडौ - इरानले कतारको सनैयास्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी सोमबार साँझ मिसाइल प्रहार गरेपछि कतारमा त्रासको वातावरण सिर्जना भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, इरानले ५० भन्दा बढी मिसाइल प्रहार गरेको थियो, तर अमेरिकी सेनाले ती मिसाइलहरूलाई आकाशमै निष्क्रिय पारेको दाबी गरेको छ। यो घटनाले कतारमा कार्यरत करिब ४ लाख नेपाली कामदारहरूमा बेचैनी बढाएको छ। स्थानीय…