काठमाडौँ । राष्ट्रिय सहकारी महासंघ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सहकारी क्षेत्रलाई नियमन गर्ने क्रममा संकुचन नगर्न ध्यानाकर्षण गराएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासंघका अध्यक्ष ओमदेवी मल्ल नेतृत्वको टोलीले सहकारी क्षेत्रका नीति र निर्देशिकामा सुधारका लागि सुझाव प्रस्तुत गरेको छ । महासंघले नेपाल राष्ट्र बैंक र सहकारी प्राधिकरणबाट जारी निर्देशिकामा स्रोत संकलनको…