कृषक पाठशाला : प्राङ्गारिक खेतीतर्फ किसानको उत्साह

म्याग्दी - बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम बोकेर पस्छन्। सामान्यतया खेतबारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन भए पनि थापा भने कृषिखेतीको सिकाइका लागि औजारसँगै कापीकलम बोकेर खेतबारीमा पुग्छन्। गत पुसदेखि आनन्दबगरका २५ जनाले थापाजस्तै गरी कृषि पढिरहेका छन्। बेनी नगरपालिकाले किसानलाई प्राङ्गारिक उत्पादनको ज्ञान, सीप र क्षमता विकास…