भोटेकोशी नदीमा अत्यधिक वर्षाको सम्भावना

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले चीनको भोटेकोशी नदी क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावनाबारे सतर्क रहन सार्वजनिक सूचना जारी गरेको छ। प्रशासनका अनुसार असार ७ गतेसम्म तिब्बत क्षेत्र हुँदै भोटेकोशी नदीमा उच्च वर्षा हुने जानकारी प्राप्त भएको छ। चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार भोटेकोशी र त्यससँगै बग्ने सुनकोशी नदीमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।…