युएईको ५४औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई) को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ आयोजित विशेष समारोहमा सहभागी भएका छन् । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अंगका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका…