काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)का शिक्षण संस्थाहरूबाट ठगीमा परेका नेपाली विद्यार्थीहरूको विवरण संकलन सुरु गरिएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले त्यस्ता विद्यार्थीहरूको विवरण संकलन सुरु गरेको हो । युएईका ‘फ्रि जोन’ हरूमा सञ्चालनमा रहेका विश्वविद्यालय, कलेज तथा व्यावसायिक तालिम केन्द्रहरूमा पढ्ने नेपाली विद्यार्थी ठगीमा परेको पाइएपछि विवरण संकलन थालिएको हो । नेपालबाट…