काठमाडौँ । भारतको उत्तराखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै आर्यन कम्पनीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। देहरादूनबाट केदारनाथ जाँदै गरेको उक्त हेलिकप्टरमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा हेलिकप्टरमा सवार सबैको घटनास्थलमै ज्यान गएको बताइएको छ। मृत्यु…