दुर्गा प्रसाईलाई साइबर अपराध मुद्दामा सफाइ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतीय अपराध (साइबर क्राईम) को आरोपमा सफाई पाएका छन् ।जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । उनीविरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो…