हिमा बन्यो कर्णालीकै पहिलो बालविवाहमुक्त गाउँपालिका

जुम्लाको हिमा गाउँपालिका कर्णाली प्रदेशको पहिलो बालविवाहमुक्त गाउँपालिका बनेको छ। कर्णालीका ७९ स्थानीय तहमध्ये हिमा पहिलो पटक बालविवाहमुक्त घोषणा भएको हो। आइतबार नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले गाउँपालिकालाई बालविवाहमुक्त घोषणा गरेका हुन्। मन्त्री साहले सन् २०३० सम्म कर्णाली प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्य राखिएको बताए। उनले कुसंस्कार हटाउन कर्णालीबाट सम्भव…