काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने बताएका छन् । हिजो बेलुका बिजुली झ्याप्प-झ्याप्प भएको विषयमा प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो कुरा भनेका हुन् । हिजो बेलुका ६:३८ बजेदेखि देशका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द भयो । ढल्केवर आसपास चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको…