शिक्षकका मागमा सरकारले बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटायौं : प्रचण्ड

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको निवास खुमलटारमा भेटवार्ता गरेका छन्। भेटमा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएको सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेका छन्। शिक्षकहरूको गुनासो र माग…