कैलाली । नेपालको पहिलो पन्छी अभयारण्य घोषित घोडाघोडी ताल क्षेत्रमा जाडो यामसँगै आगन्तुक चराहरूको चहलपहल बढ्दै गएको छ । विश्व रामसार सूचीमा सूचीकृत यो क्षेत्रका सहायक तालहरूमध्ये घोडाघोडी तालपछिको दोस्रो ठूलो नकरोड ताल यतिबेला चराहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ । घोडाघोडी नगरपालिका वडा नम्बर १ र ८ को सिमानामा रहेको नकरोड ताल तीनतिर घना…