बुटवलबाट नक्कली नेपाली नोट र नोट छाप्ने उपकरणसहित ६ जना पक्राउ

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलबाट नक्कली नेपाली रुपैयाँ तथा नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका–११ निवासी ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्की पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी (कृष्ण), कपिलवस्तु बाणगंगा नगरपालिका–१ का संजय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय…