चितवन । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोसँगै ढुंगासहितको लेदो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्री ले सोमबार साँझ करिब साढे ७ बजे सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्। उनका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला क्षेत्रमा ढुंगा झरिरहेको छ भने सेती दोभानमा…