नव नियुक्त मन्त्री न्यौपानेद्वारा पदबहाली

काठमाडौं । नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले आज साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छन् । उनी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गरेका थिए । पदबहाली गरेपछि उनले संघ प्रदेश र स्थानीय तहमा हुने संगठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस…