गहुँ र धानको बीउ उत्पाद गर्ने किसानलाई प्रोत्साहन रकम

चितवन । चितवनका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो । कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरुले रु १ हजार १ सय देखि…