तनहुँ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको निर्णयअनुसार पालिकाभित्रका सरकारी तथा गैरसरकारी निकायमा एक दिनको स्थानीय बिदा लागू गरिएको हो। गाउँपालिकाद्वारा जारी सूचनामा पालिकाभित्रका सबै कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र वित्तीय संस्थाहरूमा…