भारत उत्तराखण्डको बाढी पहिरोमा परी २६ जना नेपाली बेपत्ता

काठमाडौँ । भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक साताअघि आएको बाढी र पहिरोमा परी २६ जना नेपाली हराइरहेका छन् । यही साउन २० र २१ गतेको बाढी पहिरोमा परी उत्तरकाशीमा २१ र पौडी गढवालमा पाँच जना नेपाली हराइरहेका नयाँ दिल्लीस्थित नेपाली दूतावासले आज सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । उत्तरकाशीमा जनकबहादुर शाही, रवि…