कामी रिता शेर्पाको नयाँ रेकर्ड, ३१ औँ पटक सगरमाथामा

काठमाडौँ - कीर्तिमानी नेपाली पर्वतारोही कामी रिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सक अनुसार कामी रिताले आज बिहान करिब ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।सोलुखुम्बुका कामी रिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन् । जनवरी २, १९७० मा  जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका…