काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरिएको छ । विद्युत् आपूर्ति कटौतीको सूचना सार्वजनिक गर्दै लोडसेडिङको झल्को दिने शैलीमा सूचना जारी गरेपछि श्रेष्ठको सरुवा गरिएको हो । प्राधिकरणले श्रेष्ठलाई पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीस्थित वितरण केन्द्रमा पठाएको छ । श्रेष्ठको सरुवा कर्मचारी सेवा सर्त विनियमावली, २०७५ को विनियम ४९ को उपविनियम १…