‘देश र जनताको हितमै कानून बन्छ, आशंका नगर्नू’-गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले कानून बनाउने बताएका छन्। बहुविवाहलाई मान्यता दिने चर्चाकाबीच बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनमा खराब कुरा आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे। उनले भने, ‘आजको बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता…