काठमाडौं । सरकारी तथा गैरसरकारी संस्थाहरूले आइतबार देशभर विश्व दुग्ध दिवस मनाए । प्रत्येक वर्ष तामझामका साथ दुग्ध दिवस मनाइरहँदा किसानहरू भने दूधको पैसा नपाएर तनावमा छन् । किसानले दुग्ध सहकारी, निजी डेरी उद्योग तथा दुग्ध विकास संस्थान (डीडीसी) लाई बेचेको दूधको पैसा लामो समयदेखि पाएका छैनन् । कृषि मन्त्रालयका अनुसार डेरी उद्योग, डेरी एसोसिएसन…