काठमाडौ महानगरले शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गराए कारबाही गर्ने

काठमाडौँ - काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभइ विद्यालय भर्ना गराएको पाइएमा कारबाही गर्ने भएको छ । महानगरभित्रका केही विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गराएको जनगुनासो आएपछि महानगरले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगराउन सूचना जारी गरेको हो । सूचनामा भनिएको छ- ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८…