काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अर्को मुद्दा पनि थपिएको छ । गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो । आज पुन: उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ । उक्त मुद्दा चलाइएको भन्दै मिश्रले आपत्ति जनाएका छन्…