गृह मन्त्रालयद्वारा ६ डीआईजीको प्रदेश सरुवा

काठमाडौं। नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागका अनुसार, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा डीआईजी ईश्वर कार्की, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा डीआईजी उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा डीआईजी अरुण पौडेल,…