विमानस्थलको मुख्य गेट अगाडि भेला भए ज्ञानेन्द्र शाहका समर्थक

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरू काठमाडौँको विमानस्थलको मुख्य गेट अगाडि भेला भएका छन् । समर्थकहरूको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरूको तैनाथी पनि बढाइएको छ । विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ । राजावादीहरू राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका…